‘डिग्री माइला’ नयाँ सम्पादनसहित सिनेमाघर एपमा
काठमाडौँ । केही महिना अगाडि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ एपमा आएको छ । फिल्म पुनः सम्पादनसहित एपमा ल्याइएको हो । विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा फिल्म ल्याइएको निर्माण युनिटले जनाएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । ‘डिग्री माइला’को कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ, जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा गरिएको छ ।
निर्देशक रामबाबु गुरुङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त चलचित्र केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानी पुनः सम्पादन एपमा ल्याइएको बताए । ‘हामीले हल रिलिजको समयमा गरिएको गल्तीलाई सुधार गर्नको लागि पुनः सम्पादन गरेका होइनौँ’, उनले भने ।
यसअघि रामबाबु निर्देशित चलचित्र ’कबड्डी ४’ सिनेमाघरमा रिलिज भई व्यापक सफलता प्राप्त गरेको थियो । ‘सिनेमाघर एप’ एन्ड्रोइड र आइओएस मोबाइलहरूमा मात्र नभई, स्मार्ट टिभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको छ । अब दर्शकहरूले ‘डिग्री माइला’ लाई एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, एलजी वेबओएस र सामसुङ स्मार्ट टिभीहरूमा सजिलै स्ट्रिम गरेर हेर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण