रुसी क्षेत्रमा आफ्नो सेनाले अवस्था मजबुत बनाउँदै गएको युक्रेनी राष्ट्रपतिको दाबी
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिक रुसी क्षेत्रमा आफ्नो अवस्था मजबुत बनाएर अघि बढिरहेको बताएका छन् ।
युक्रेनका सैनिकले दुई साता अघि रुसी क्षेत्रमा घुसपैठ थालेका थिए । दुई वर्ष अघि रुसबाट भएको हमलापछि युक्रेनी सैनिकले रुसी क्षेत्रमा गरेको यो सबैभन्दा ठुलो घुसपैठ हो ।
युक्रेनी सेनाले दैनिक जारी गर्दै आएको आफ्नो रिपोर्टमा कुर्स्क क्षेत्रमा अझ अगाडि बढिरहेको उल्लेख छ । रुसले भने युक्रेनी सैनिकको यो कदमलाई ‘उक्साहटपूर्ण’ भनेको छ । उसले जवाफी कारबाहीको चेतावनी पनि दिएको छ ।
टेलिग्राममार्फत दिएको बयानमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘म ती सबै सैनिक र कमाण्डरहरूलाई धन्यवाद दिन्छु, जो रुसमा बन्दी बनाइएका सैनिकलाई लिन गइरहेका छन् र रुसले नियन्त्रणमा लिएका युक्रेनी सैनिक र नागरिकको रिहाइलाई नजिक ल्याइरहेका छन् ।’
युक्रेनले रुसी क्षेत्रका ८० भन्दा बढी बस्तीमा कब्जा गरेको दाबी गरिरहेको छ भने रुसले कुर्स्कका तीन बस्तीबाट युक्रेनी सैनिकलाई भगाएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण