सवारी चालक अनुमतिपत्रबारे महत्त्वपूर्ण सहमति
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा सातै प्रदेशका यातायातमन्त्री र सचिवहरुको उपस्थितिमा भएको बैठकले यातायात व्यवस्थापन तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विभिन्न विषयहरूमा महत्त्वपूर्ण सहमति गरेको छ ।
आइतबार एक महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दाहालले लाइसेन्स छपाइ तथा वितरण समयमा हुन नसकेको र यसबाट सेवाग्राहीलाई परेको असुविधालाई मध्यनजर गरी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी राष्ट्रिय परिचयपत्रबाट पनि लाइसेन्सको विद्युतीय पत्र हेर्न सकिने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।
यस्तै प्रदेश मातहतका यातायात कार्यालहरुबाट जारी हुने राजश्व रसिदलाई हार्ड पेपरमा कार्डको रुपमा स्तरीकरण गरी सोही रसिदमा क्युआर होड र फोटो समेत अंकित हुने गरी रसिद उपलब्ध गराउने व्यवस्था गर्ने उनले जानकारी दिए । यस्तै इम्बोस्ट नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाइने पनि दाहालले जानकारी दिए ।
यसैगरी सवारीको चालक अनुमतिपत्र लिनका लागि लिखित, प्रयोगात्मक परीक्षा लिने, राजश्व लगायतका सेवा प्रवाहमा हुने भिडलाई व्यवस्थित गर्न तीन महिनाभित्र प्रदेश सरकारले क्यु म्यानेजमेन्ट सिस्टम पनि लागू गरिसक्ने उनले बताए ।
यस्तै प्रदेश मातहतका सबै यातायात कार्यालय र सेवा कार्यालयहरूले सवारी चालक अनुमतित्रका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षामा बायोमेट्रिक एटेन्डेन्सलाई अनिवार्य गराउन आवश्यक उपकरण र प्रणाली तीन महिनाभित्र जडान गरिसक्ने र यसमा विभागले प्राविधिक सहयोग गर्ने समेत दाहालले बताए ।
यसैगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी केन्द्रीय तथ्याङ्क यातायात व्यवस्था विभागमा रहने गरी र देशभर एउटै मापदण्ड र स्पेशिफिकेसन अनुसार प्रदेशले सवारी चालक अनुमतिपत्र (क्यूआर कोडसहितको) छपाइका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने र सोका लागि विभागले आवश्यक प्राविधिक सहजीकरण गर्ने दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण