एआई प्रयोग गरेर भीआईपीको चरित्र हत्या गर्ने पक्राउ पर्न थाले

काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरेर विशिष्ट व्यक्ति (भीआईपी) हरूको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थायी घर भएका रमेश बहादुर रावत रहेका छन् ।
२२ वर्षीय रावतमाथि एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरेर भीआइपीहरूको चरित्रमा निर्मम आघात पुर्याएको आरोप लगाइएको छ । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रावतले अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्यदृश्य सामाग्री तयार र प्रशारण गर्ने गरेका थिए ।
उनलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएकोमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।
ब्युरोले एआईलगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्ने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प