एआई प्रयोग गरेर भीआईपीको चरित्र हत्या गर्ने पक्राउ पर्न थाले
काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरेर विशिष्ट व्यक्ति (भीआईपी) हरूको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थायी घर भएका रमेश बहादुर रावत रहेका छन् ।
२२ वर्षीय रावतमाथि एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरेर भीआइपीहरूको चरित्रमा निर्मम आघात पुर्याएको आरोप लगाइएको छ । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रावतले अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्यदृश्य सामाग्री तयार र प्रशारण गर्ने गरेका थिए ।
उनलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएकोमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।
ब्युरोले एआईलगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्ने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण