पाँच जनाभन्दा बढीलाई झाडापखालाको लक्षण देखिएमा जानकारी गराउन आग्रह
आइतबार, ०२ भदौ २०८१, २० : १०
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा पाँच जनाभन्दा बढीलाई झाडापखालाको लक्षण देखिएमा जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालय मतहतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै समुदायमा पाँच जनाभन्दा बढिलाई झाडापखाला भएमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको हो ।
सो सूचनामा निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुलाई एउटै वडा, टोल, बस्तीमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा सो नम्बरमा फोन गर्न भनिएको हो ।
महाशाखाका अनुसार ललितपुरमा ४१ , काठमाडौँमा चार, कैलालीमा ८ र प्युठानमा दुई जना गरी देशभर ५५ जनामा हैजा सङ्क्रमित बिरामी छन् ।
पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण