म्याराडोनालाई सम्झँदै सुरु भएको खेलमा बोका जुनियर्सको रोमाञ्चक जित
काठमाडौँ । विश्व फुटबलका सर्वकालीन महान खेलाडी हुन्, डिएगो म्याराडोना । फुटबलका जादुगर यी महान खेलाडीको निधन भएको पनि करिब चार वर्ष पुगिसकेको छ । सन् २०२० को नोभेम्बर २५ तारिखमा केवल ६० वर्षको उमेरमा उनको निधन भएको थियो ।
अर्जेन्टिनाका यी महान फुटबलर आफ्नो बोका जुनियर क्लबसँग अभिन्न रुपमा जोडिएका थिए । आफ्नो ब्यवसायिक खेल जीवनको प्रारम्भिक क्षण बोका जुनियर्समा बिताएका म्याराडोनाले ब्यवसायिक खेल जीवनको अन्त्य पनि यही क्लबबाट गरेका थिए ।
अर्जेन्टिनी क्लब बोका जुनियर्सका समर्थकहरु अहिले पनि उनीप्रति उत्तिकै श्रद्धाभाव राख्छन् । त्यसैले बोका जुनियर्सका समर्थकहरुले यी महान फुटबलरप्रति सम्मान ब्यक्त गर्न आइतबार एक विषेश कार्यक्रमको आयोजना गरे ।
आइतबार सन लोरेन्जोविरुद्धको खेलअघि ला बोम्बोनेरामा बोका जुनियर्सका समर्थकले म्याराडोनाप्रति सम्मान ब्यक्त गरेका हुन् । उक्त कार्यक्रममा म्याराडोनाको परिवारका सदस्यहरुलाई पनि निम्तो गरिएको थियो ।
त्यो अवसरमा रंगशालामा उपस्थित हजारौँ समर्थकले म्याराडोनाको योगदान स्मरण गर्दै नारा पनि लगाएका थिए । म्याराडोनाले अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि पनि चुमाएका थिए । त्यसपछि सुरु भएको अर्जेन्टिनी लिगअन्तर्गतको खेलमा बोका जुनियर्सले सन लोरेन्जोलाई ३–२ गोलले हरायो ।
म्याराडोनाले सन् १९८२ मा बोका जुनियर्सलाई घरेलु लिगको उपाधि चुमाउन पनि महत्वपूर्ण योगदान गरेका थिए । बोका जुनियर्सका अतिरिक्त उनले स्पेनिस क्लब बार्सिलोना र सेभिया तथा इटालियन क्लब नापोलीबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए ।
सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि उनले विभिन्न क्लब र राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए । उनी अर्जेन्टिनी राष्ट्रिय टोलीको पनि प्रशिक्षक बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण