विष्णु गुरुङले जितिन् मिस ग्राण्ड नेपालको ताज
सोमबार, ०३ भदौ २०८१, १४ : १६
काठमाडौँ । ‘मिस ग्राण्ड नेपाल २०२४’ को उपाधि गोरखाकी विष्णु गुरुङले जितेकी छन् । प्रतियोगितामा आइसा गौतम ‘मिस सुप्रा ग्लोबल’ र बेनिषा शर्मा आचार्य ‘मिस औरा नेपाल’ घोषित भए । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस ग्राण्ड नेपाल २०२४’ को मञ्चमा एकसाथ ३ विजेता छानिएको हो ।

आर.के.इन्टरटेन्मेन्ट ग्रुपले आयोजना प्रतियोगिताका सबै विजेता अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि सहभागी हुन पाउनेछन् । कार्यक्रमको जुरीमा रामहरि सिलवाल, सरोज प्याकुरेल नवराज कोइराला, प्रदीप श्रेष्ठ, ओमप्रकाश उप्रेती रहेका थिए ।
प्रतियोगितामा शीर्ष विजेता गुरुङले स्कुटर जित्दा अन्य विजेताले हजार बराबरको सुनको थान्का, गिफ्ट ह्याम्पर र नेपाली चलचित्रमा अभिनय अवसर प्राप्त गरे । प्रतियोगिताका कोरियोग्राफर रोजिन शाक्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण