नेपालले एक वर्षमा कति सुन किन्यो ?
काठमाडौँ । अवैध सुन कारोबारमा नेपाल अग्रपङ्क्ति नै पर्छ । कडा सुरक्षा घेरा रहेको भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत क्विन्टल क्विन्टल सुन भित्रिरहेको घटना सार्वजनिक भइरहेकोमा झन् खुल्ला बोर्ड सिमानाहरूबाट कति अवैध सुन कारोबार भइरहेको होला ? अनुमान लगाउन गाह्रो छ ।
तथापि, वैधानिक च्यानलबाट कति सुन आयात भइरहेको छ त ? नेपालले एक वर्षमा सुन आयातमा कति खर्च गरिरहेको छ त ?
नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को वित्तीय रिपोर्टअनुसार पछिल्लो वर्ष नेपालले २५ अर्ब ९५ करोड ९० लाख रुपैयाँ बराबरको गैरमौद्रिक सुन आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४०.९ प्रतिशतको गिरावट हो ।
अघिल्लो वर्ष २०८० असार मसान्तसम्ममा नेपालले ४३ अर्ब ८९ करोड ९० लाख रुपैयाँ बराबरको सुन भित्र्याएको थियो । आर्थिक शिथिलताको असर केन्द्रीय बैङ्कले काँचो सुन आयातमा घटाएको कोटा र आयात नियन्त्रणले यस वर्ष कम आयात हुन गएको हो ।
सुन आयातका लागि तोकिएको वाणिज्य बैङ्कहरूले दैनिक २० किलोग्रामसम्म आयात गर्न सक्छन् । यसअघि तरलता अभावसँगै विदेशी मुद्रा सञ्चितिमा समेत दबाब पर्दा राष्ट्र बैङ्कले सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै दैनिक १० किलोग्राममा झारेको थियो । तर, वातावरण सहज भएसँगै पुनः सुन आयातको कोटालाई पूर्ववत् अवस्थामा फर्काइएको छ ।
यस्तै समीक्षा अवधिमा नेपालले २८ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अघिल्लो वर्ष ३० अर्ब ५५ करोड ७२ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा पछिल्लो वर्ष ४.९ प्रतिशतले गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण