चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन

दुबई । चलचित्र पत्रकार संघ नेपालको विदेश शाखा अन्तर्गत युएईमा शाखा गठन भएको छ । संघको पहिलो विदेश शाखाको रुपमा वरिष्ठ रंग पत्रकार कमल श्रेष्ठको संयोजकत्वमा दुबई च्याप्टर गठन भएको हो ।
संघका केन्द्रीय अध्यक्ष समीर बलामी र महासचिव रघुनाथ सापकोटा सिएनए इन्टर्नेशनल अनर अवार्डमा सहभागी हुन दुबई गएको मौकामा संघको दुबई च्याप्टर गठन गरेको संयोजक कमल श्रेष्ठले बताए ।
पछिल्लो समय दुबई कलाकारहरुको केन्द्र बिन्दु जस्तै बनेको छ । भिडियो, छोटा चलचित्र र नेपालबाट चलचित्र खिच्न आउनेको पनि दुबईमा बाक्लै उपस्थिति छ । दुबई मै पनि भिडियोहरू निर्माण हुन थालेको छ । विकेन्ड र बिदाका दिनमा राष्ट्रिय कलाकारहरु उपस्थित नहुने दिन नै हुँदैन । हरेक दिन जसो दुबई, आबुधावी र सार्जाहमा निरन्तर कार्यक्रम र गतिविधिहरु आयोजना हुने गरेको छ । यसलाई मध्य नजर गर्दै नेपाली कला, साहित्य, मनोरन्जन, चलचित्र, गीत संगीतको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि चलचित्र पत्रकारिताको अपरिहार्यता रहेकोले दुबईमा संघको च्याप्टर गठन गरेको केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।
कमल श्रेष्ठ संयोजक रहेको संघको युएई (दुबई) च्याप्टरमा सचिव अनुराग परिहार र सदस्यहरुमा सन्नी प्रधान, खिमलाल पाण्डे, केशव कटवाल, चित्र तामाङ, राम गुरुङ, देबु अर्याल लगायत रहेका छन् । गठित च्याप्टरले ६ महिना भित्र साधारण सभा गरी पूर्ण कर्यसमिति बनाइने संयोजक कमल श्रेष्ठले बताए । कार्यक्रममा दुबईमा रहेका पत्रकारहरू, नेपाल पत्रकार महसंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटा, निवर्तमान अध्यक्ष लक्ष्मण खनालसहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
-
भारतमा बढ्दै छन् कोरोना संक्रमित
-
अमेरिका र कुवेत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
देउवालाई धनराजको कटाक्ष : रिस गरेर हुन्छ ? पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ
-
गोबरजस्तै गन्हाउने विश्वकै सबैभन्दा ‘गन्धे चरा’
-
मानगढ खानेपानी निर्वाचन : एमालेभित्रको गुटगत प्रतिस्पर्धा (तस्बिरहरू)