देउवा पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ : धनराज गुरुङ
सारांश
- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नहुने बताए।
- उनले राजनीतिमा आफ्नो लक्ष्य देश र जनताको हुनुपर्ने र निरन्तर अघि बढ्नुपर्ने बताए।
- गुरुङले सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै राजनीतिक यात्रामा उतारचढाव आउँदा पनि अघि बढ्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवाको अटल राजनीतिक यात्राले भविष्यमा फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व.खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै गुरुङले देउवाले राजनीतिमा खेपेको उतारचढाव उल्लेख गर्दै निरन्तर र अडिग यात्राकै कारण पाँच पटक प्रधानमन्त्री बन्न सफल भएको र अझै पनि प्रधानमन्त्री बन्न सक्ने बताएका हुन्।
‘हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्रा गर्दा उहाँले खप्नुभएको उतारचढाव व्याख्या गर्नुपर्दैन,’ गुरुङले भने, ‘त्यो उतारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ। रिस गरेर हुन्छ ? पाँच पटक प्रधानमन्त्री बन्नुभयो भनेर हुन्छ ? अझै बन्न सक्नुहुन्छ नि उहाँ। ६ पटक, ७ पटक नि बन्न सक्नुहुन्छ। त्यो यात्रा हो नि त।’
उनले राजनीतिलाई निरन्तरको यात्रा भन्दै आँधीबेहरी जस्तो कठिन परिस्थितिमा पनि अडिग भएर अघि बढ्न सक्नुपर्ने धारणा राखे। राजनीतिमा त्यागको मूल्य तोक्न नमिल्ने उल्लेख गर्दै उनले राजनीतिक यात्रा के पाएँ, के गुमाएँ भन्ने हिसाब गर्ने हो भने त्यसको मूल्य र महत्व समाप्त हुने बताए।
‘राजनीतिमा मैले त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, त्यो गलत हो। त्याग भनेको त्याग नै हो, त्यागको मूल्य हुँदैन,’ उनले भने, ‘राजनीति यात्रा हो, कहाँ पुगिन्छ थाहा हुँदैन। तर त्यो यात्रा अविरल ढंगले अगाडि बढिरहन्छ।’
गुरुङले आफ्नो लक्ष्य भनेको देश र जनताको हित हुनुपर्ने बताउँदै राजनीतिमा लक्ष्य प्राप्तिका लागि अटल ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण