अमेरिका र कुवेत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभनमा अमेरिका र कुवेत पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा एक जनाले अमेरिका पठाउन भन्दै ५५ लाख र अर्काले कुवेत पठाउन भन्दै ५ लाख ठगी गरेको आरोप छ।
- पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौँ महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका(१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् ।
पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५५ लाख रुपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कबाट र प्रविनलाई काठमाडौँ महानगरपालिका९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण