आफ्नो बिदाइको भाषणमा बाइडेनले के भने ?
वासिङ्टन डीसी । बाइडेनले यो भाषण दिन चाहेकै थिएनन् । कम्तीमा यो वर्ष जुन परिस्थितिमा उनले आफ्नो बिदाइको भाषण दिए यो उनको चाहना थिएन । तर मान्छेको दिन र दशा कसरी फेरिन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । यसैबिच सोमबार बाइडेनले सोमबार बिदाइ भाषण दिएका थिए । स्टेजमा आएपछि उनी निकै भावुक बने । स्टेजमा उनले सबैभन्दा पहिले आफ्नी छोरी एश्ले बाइडेनलाई अँगालो हालेका थिए ।
आफ्नो पूरै भाषणमा उनले आफ्नो हरेक काममा उपराष्ट्रपति कमला ह्यारिसको नाम जोडे । भाषणका क्रममा उनले पटक पटक ह्यारिसको प्रशंसा पनि गरे । उपस्थित भीडलाई धन्यवाद दिँदै उनले भने, ‘अमेरिका, म तिमीलाई माया गर्छु ।’ त्यसपछि उनले भीडलाई ‘के तपाईँहरू कमला ह्यारिस र टिम वाल्जलाई चुन्न तयार हुनुहुन्छ ?’ भनेर पनि सोधेका थिए । यस क्रममा बाइडेनले आफ्ना उपलब्धिहरू समेत सुनाएका थिए ।
ट्रम्पबारे यस्तो भनेः
ट्रम्पलाई उनले लोकतन्त्रका लागि खतरा भनेका छन् । भाषणका क्रममा उनले सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसाको पनि उल्लेख गरे । ‘अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन’ उनले भने । ट्रम्पले हारे भने रक्तपात हुन्छ भनेर खाएको कसमलाई उद्धृत गर्दै बाइडेनले क्यापिटल हिलमा भएको जस्तै हिंसाको खतरा अझै रहेको बताए ।
बन्दुक हिंसाबारे बोले
बाइडेनले बन्दुकबारे रिपब्लिकन पार्टीको अडान स्पष्ट गरेका थिए । ‘अमेरिकामा बन्दुकबाट धेरै बालबालिका मारिन्छन् । त्यसैले कमला र म बन्दुकसम्बन्धी कानुन पारित गर्न पाउँदा गर्व गर्छौ । अब बन्दुकमाथि प्रतिबन्ध लगाउने बेला आएको छ’ उनले भने ।
गाजा–इजरायल चुनौतीपूर्ण मुद्दा
आफ्नो पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण विषय गाजा–इजरायल युद्ध भएको उनले बताए । गाजा–इजरायल युद्धको विरोधमा अहिले अमेरिकाभर विरोध प्रदर्शन भइरहेका छन् । आन्दोलनरत मानिसहरूको कुरामा दम रहेको पनि उनले बताएका छन् । गाजामा मानिसहरू मरिरहेको पनि उनले स्वीकारेका छन् । दुवै पक्षबाट धेरै निर्दाेष मानिस मारिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण