सकियो दयाहाङ अभिनीत ‘कार्साङ’को छायाङ्कन
काठमाडौँ । फिल्म ‘कार्साङ’को छायाङ्कन सकिएको छ । यम शेर्पाको निर्देशन रहेको फिल्मको छायाङ्कन २२ दिनमा सकिएको हो । फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायाङ्कन भएको बताइएको छ ।
‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायाङ्कन सकियो’, निर्देशक शेर्पाले भने, ‘पोस्टको काम सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शनमा आउँछ ।’
कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसले बनाएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र नव–अभिनेत्री सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन् ।
सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ र सिर्जनाको अलवा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ ।
फिल्मको निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा उनकै डिओपी रहेको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण