सुन महँगिएसँगै १० लाख डलर पुग्यो एउटै गोल्ड बारको मूल्य
न्यूयोर्क । एक थान गोल्ड बारको मूल्य १० लाख डलर पर्ने भएको छ । बहुमूल्य धातु सुनको भाउ बढेसँगै पहिलो पटक गोल्ड बारको भाउ १० लाख डलरमा पुगेको हो ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको भाउ पहिलो पटक प्रतिऔंस २ हजार ५०० डलरमाथि उक्लिएको थियो । सुनको भाउले यो स्तर पार गरेको यो नै पहिलो पटक थियो । गोल्ड बारको औसत तौल ४०० औंस हुन्छ । यसरी सरसर्ती हिसाब गर्दा पनि एक थान गोल्ड बारको मूल्य १० लाख डलर बढी पर्ने देखिन्छ ।
यो वर्ष शुरु भएयता स्पट गोल्डको भाउ २० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । गत वर्षको यही अवधिको तुलनामा सुन ३२ प्रतिशतभन्दा धेरै महँगिइसकेको छ । मंगलबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ अधिकतम २ हजार ५२४ डलर ९८ सेन्टसम्म पुगेको थियो ।
यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ४ः४१ बजे स्पट गोल्ड प्रतिऔंस २ हजार ५२२ डलर ५२ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ७६ प्रतिशत बढी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण