विभेद
कविता
तिमी पनि मानव,
म पनि मानव ।
छुत अछुतको कठबार
जातको प्रश्न र विभेदको उत्तर
जातीय विभाजक रेखाले विभक्त
परम्पराको खोलभित्र
अपारदर्शी काँडेतारले कोतर्दै गर्दा
प्रेमको अनुभूति गर्दै
खुसीका लालीमा छर्न किन सकिँदैन ?
मान्छेले मान्छेबिच अँगालोमा कस्न किन सकिँदैन ?
दुई हात जोडेर
शिष्टाचार पस्किनका लागि !
हैसियत र प्रतिष्ठाको भाँजो हालेर
वर्ग र जातको कुरूप करौँतीले
सामाजिक जुइनो चुँडाल्दा,
म प्रश्न गर्छु साथी
हाम्रो जात फरक फरक किन ?
हाम्रो वर्ग फरक किन ?
दलितको लाहछाप
गरिबको उपनाम
तिरस्कारको खञ्जर
किन ? किन ? किन ?
इमान र जमान
अनि नैतिकताले कङ्गाल !
तिनै मान्छेहरू
कथित उच्च र निम्न जातकै कारणले
हीन विचारको जस्केलाबाट
प्रतिष्ठाको रवाफ डकारिरहेका छन्
किन ? किन ? किन?
सिङ्गो जगतको
घाम उही हो, जून उही हो
धर्ती उही हो, नुन उही हो
आत्मा उही हो, खुन उही हो
नियम उही हो, कानुन उही हो !
तर, मान्छे मान्छे बिचमा
यति धेरै फरक किन ?
भावना र आत्मा
हैसियत आचरण
मूल्य र मान्यता
मर्यादा र प्रतिष्ठा
आचरण विचरण
इमान र जमान
नीति र नैतिकता
सबै सबै फरक किन ?
एकै धर्तीका मान्छे मान्छे फरक किन ?
के कारण फरक ?
कसरी फरक ?
कसले दिन्छ यसको जवाफ ?
मानव सभ्यताको युगले मागिरहेको छ
कसले दिन्छ यसको जवाफ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण