एभरेस्ट महिला भलिबल लिग : कजाकिस्तानकी कालिनोभाले मधेस युनाइटेडबाट खेल्ने
काठमाडौँ । महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स लिग (ईडब्लूभीएल) मा मधेस युनाइटेडले पहिलो विदेशी खेलाडी घोषणा गरेको छ । मधेस युनाइटेडले कजाकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियालाई टोलीमा अनुबन्ध गरेको हो ।
कालिनोभाले स्पाइकरको पोजिसनमा खेल्नेछिन् । ३५ वर्षीया कालिनोभाले कजाकिस्तानको राष्ट्रिय टोलीका साथै कजाकिस्तानको लिग पनि खेलिसकेकी छन् । उनको उचाइ एक सय ८० सेन्टिमिटर रहेको छ ।
कालिनोभाले मधेस युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै आफू नेपालमा लिग खेल्न उत्साही रहेको बताएकी छन् । ’मधेस युनाइटेडबाट पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदै छु । हाम्रो टिमलाई समर्थन गर्नुहोला,’ कालिनोभाको भनाई उद्धृत गर्दै उनी आबद्ध क्लबले जनाएको छ ।
मधेस युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेस टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाईदा पुग्ने बताइन् । मधेस युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना रहेकी छन् ।
यसैगरी, नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङ तथा यू–२० टोलीकी एलिशा मानन्धर र आशिका क्षेत्री रहेका छन् । हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेस युनाइटेडको टोलीमा छन् । एभरेस्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण