त्रिविमा सरकार संरक्षित आतंक बन्द गर्न ६ विद्यार्थी संगठनको माग
काठमाडौँ । ६ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न माग गरेका छन् । बुधबार अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (समाजवादी), नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल छैटौँ र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न, देशका सबै विश्वविद्यालयमा भैरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न र प्रध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गरेका छन् ।
ती संगठनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागमा आफ्नो अनुकुलको विभागीय प्रमुख नतोकिए जे पनि हुनसक्छ भन्ने सत्तारुढ पार्टी निकट विद्यार्थी संगठनका एक नेताले धम्की दिएको र सो धम्कीपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालय जान नसकिएको आरोप लगाएका छन् ।
साथै अर्का एक सत्तारुढ दल निकट विद्यार्थी नेताले विश्वविद्यालयमा लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकलाई छातीमा समातेर पछारेको भन्दै विद्यार्थी संगठनले सो कार्यको निन्दा गरेका छन् । यी दुवै घटनाको भर्त्सना गर्दै ती संगठनले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
साथै विश्वविद्यालयमा भैरहेको गुन्डागर्दी र राज्य संरक्षित आतंकको विरुद्धमा भदौ ७ गते शुक्रबार बिहन ११ बजे त्रिवि किर्तिपुरमा संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा समेत विद्यार्थी संगठनले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण