चिनियाँ प्रधानमन्त्री रुस भ्रमणमा
मस्को । चिनियाँ प्रधानमन्त्री ली छियाङ रुस भ्रमणमा गएका छन् । युक्रेनी युद्धबिच मस्कोसँग चीनको सम्बन्धलाई लिएर पश्चिमी देशहरूले गरिरहेको आलोचनालाई बेवास्ता गर्दै प्रधानमन्त्री ली मङ्गलवार मस्को पुगेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणमा निस्किनुभन्दा एक दिन अगाडि अर्थात् मङ्गलवार ली रुसमा पुगेका छन् । चारदिने भ्रमणको अन्तिम दिन उनी बेलारुस जानेछन् ।
बुधवार लिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने योजना छ । यसैबिच रुसी प्रधानमन्त्री मिखेल मिशुष्टिनसँग उनले चीन–रुस सहकार्य र रणनीतिक सम्बन्धबारे छलफल गर्ने बताइएको छ ।
युक्रेनमा युद्ध सुरु भएयता चीनले आफूलाई तटस्थ देखाउन खोजिरहेको छ । व्यापार, कूटनीति र सुरक्षामा दुई देशबिच सम्बन्ध प्रगाढ बन्दै गएको भए पनि शान्ति सम्झौतामा मध्यस्थकर्ता बन्न चीनसामु उच्च स्तरीय सम्पर्क सीमित छ ।
गएको वर्ष रुस र चीनको व्यापार कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो । तय गरेको समयभन्दा अगावै द्विपक्षीय व्यापार २ खर्ब ४० अर्ब डलर पुर्याउने लक्ष्य हासिल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण