अर्घाखाँचीमा गाडी दुर्घटना, दुई वडाध्यक्ष घाइते
बुधबार, ०५ भदौ २०८१, २२ : ५४
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वडाध्यक्ष र चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखराका वडाध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का वडाध्यक्ष सालिकराम टण्डन घाइते भएका हुन्। घटनाको चालक हिमाल राना रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रतितसिंह राठोरले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार गरिएको छ।
कपिलवस्तुबाट अर्घाखाँची सन्धिखर्कतर्फ आउँदै गरेको गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण