चाडपर्वमा प्रशासनको अनुमतिविना नाचगान गर्न रोक
काठमाडौँ । चाडपर्वमा प्रशासनको अनुमतिविना नाचगान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले रोक लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बिहीबार प्रेस नोट जारी गर्दै यस्तो जानकारी गराएकी हुन् ।
अधिकार प्राप्त अधिकारी/निकायको अनुमतिविना विभिन्न चाडपर्वको नाममा गाउँगाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा जेल्ने/खेलाउने जस्ता कारण विभिन्न ठाउँमा एक आपसमा झैझगडा तथा कुटपिट गर्ने, ढुङ्गामुढा गर्ने, विभिन्न मानिसको धन सम्पत्ति क्षति हुन गएको कारण यस प्रकारको निर्णय लिइएको उनको भनाइ छ ।
धार्मिक, सांस्कृतिक, राजनैतिक आदि कुनै किसिमको नाचगान हुने वा भिडभाडजस्ता कार्यक्रम गर्दा अनिवार्य रूपमा कार्यक्रम गर्ने आयोजक पक्षले कार्यक्रम सञ्चालक समिति गठन गरी के–कस्तो कार्यक्रम गर्ने, कुन समयमा गर्ने, कुन स्थानमा गर्ने, सहभागी सङ्ख्या कति गर्ने लगायतका विषयवस्तु खुलाइ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायबाट अनुमति लिई सम्बन्धित निकायबाट तोकिए अनुसार कार्यक्रम गर्न र गराउन जिल्ला प्रहरी कार्यालय रौतहटले सूचित गराएको छ ।
तोकिएको भन्दा फरक किसिमको कार्यक्रम वा गतिविधि गरेको पाइएमा सोको जिम्मेवार आयोजक पक्ष नै हुने चेतावनी पनि प्रहरी नायव उपरीक्षक गिरीद्वारा जारी प्रेस नोटमा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण