संसद् बैठक
नारायण खड्काको प्रश्नमा ओलीले भने– प्रश्न कहाँ छ फेला पारिनँ‚ सुझावपत्र हो ?
बिहीबार, ०६ भदौ २०८१, १५ : ३०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद नारायण खड्काले प्रश्न सोधेपछि प्रश्न हो कि सुझाव पत्र हो भन्दै ओलीले कटाक्ष गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची अनुसार ओली रोस्टम उभिएका थिए । पहिलो प्रश्नकर्ता खड्काले ९ मिनेट भन्दा बढी समय लिएर प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले प्रश्नै फेला पार्न नसकेको बताए । त्यसपछि सदनमा हाँसो गुन्जियो ।
‘प्रश्न कहाँ गर्नुहुन्छ भनेर ध्यान पूर्वक सुनेको थिए । प्रश्न फेला पार्नै मुस्किल भयो‚’ प्रधानमन्त्री ओलीले भने‚‘सुझाव पत्र जस्तो छ । प्रश्नमा सोलुसन आफैँ आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण