संसद् बैठक
नारायण खड्काको प्रश्नमा ओलीले भने– प्रश्न कहाँ छ फेला पारिनँ‚ सुझावपत्र हो ?
बिहीबार, ०६ भदौ २०८१, १५ : ३०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद नारायण खड्काले प्रश्न सोधेपछि प्रश्न हो कि सुझाव पत्र हो भन्दै ओलीले कटाक्ष गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची अनुसार ओली रोस्टम उभिएका थिए । पहिलो प्रश्नकर्ता खड्काले ९ मिनेट भन्दा बढी समय लिएर प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले प्रश्नै फेला पार्न नसकेको बताए । त्यसपछि सदनमा हाँसो गुन्जियो ।
‘प्रश्न कहाँ गर्नुहुन्छ भनेर ध्यान पूर्वक सुनेको थिए । प्रश्न फेला पार्नै मुस्किल भयो‚’ प्रधानमन्त्री ओलीले भने‚‘सुझाव पत्र जस्तो छ । प्रश्नमा सोलुसन आफैँ आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)