ताप्लेजुङ गोल्डकप : त्रिभुवन आर्मीलाई पछि पार्दै विर्तामोड सेमिफाइनलमा
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम क्वाटरफाइनलको खेलमा विर्तामोडका अभिसेक गुरुङ, देवेन्द्र कार्की र हिसुब थपलियाले गोल गरेका थिए । झापाले अब सेमिफाइनलको खेलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गरेको छ । सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
त्रिभुवन आर्मी क्लब काठमाडौँ भरत खवास, नवयुग श्रेष्ठका खेलाडी लिएर मैदानमा उत्रिएको थियो । यस्तै आसिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडी आर्मीको टिममा थिए । बुधबारको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटलब क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँगको भीडन्त सुनिश्चित गरेको हो ।
घरेलु टिम सङ्घर्ष स्पोटिङ युवा क्लब भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । भोलि हुने सेमिफाइनलको पहिलो खेलमा सङ्घर्ष स्पोटिङ युवा क्लब र मोरङको सगरमाथा युवा क्लबबीच दिउँसो २ बजे खेल हुनेछ ।
लाखे जात्रा पर्वका अवसरमा आयोजित प्रतियोगिताको विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १० गते हुनेछ ।
दर्शकका लागि क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलका लागि रु दुई सय ५० टिकट दर निर्धारण गरेको छ । गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब रु १९ लाख सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण