दक्षिण कोरियाको होटलमा आगलागी, ७ जनाको मृत्यु
सोल । दक्षिण कोरियाको बुचान शहरमा एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा अन्य एक दर्जन मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन आएको अग्नि नियन्त्रण विभागले ओछ्याएको एयर म्याट्रेसमाथि हाम फाल्ने क्रममा २ जनाको मृत्यु भएको थियो । म्याट्रेस पल्टिँदा ती दुई जनाको ज्यान गएको बताइएको छ ।
विद्युतीय त्रुटीका कारण होटलको आठौं तलाबाट आगलागी सुरु भएको थियो । अन्य घाइतेहरू भने सोही तलामा भेटिएका थिए । आगो भवनभरि फैलिन नपाए पनि होटलका कोठाहरूमा आगो निभाउन स्प्रिंकलर नहुँदा क्षति धेरै नै भएको बताइएको छ । नौ तले सो भवन सन् २००३ मा बनेको थियो । त्यतिबेला दक्षिण कोरियामा नवनिर्मित भवनमा स्प्रिंकलर जडान गर्नुपर्ने कानुन बनेको थिएन ।
आगो बिहीबार स्थानीय समयअनुसार साँझ ७ः३९ मा लाग्न शुरु भएको थियो । राति १०ः२६ सम्मा आगो पूरै निभाइएको अग्नि विभागले बताएको छ । होटलका व्यवस्थापकहरूको लापरवाहीका कारण सो घटना घटेको हो कि भनेर प्रहरीहरूले छानबिन गरिरहेका छन् । अग्नि विभागले प्रयोग गरेको एयर म्याट्रेसबारे पनि छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण