रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्छ : जितजंग बस्नेत
शुक्रबार, ०७ भदौ २०८१, १३ : ३२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बस्नेतले बताए ।
बैठकमा बस्नेतले भने– ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो । सरकार र गृहमन्त्री हाम्रै छ ।दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौं ।’
उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए । उनले नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ
-
विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान
-
ग्रिन लाइनका सञ्चालक अमित अग्रवालले कसलाई तिर्नुपर्ने थियो डेढ करोड ?
-
उमागौरी सहकारी ठगी प्रकरण : ऋषिकेश पत्नी जोडिएको मुद्दाको पेशी स्थगित
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा