रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्छ : जितजंग बस्नेत
शुक्रबार, ०७ भदौ २०८१, १३ : ३२
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बस्नेतले बताए ।
बैठकमा बस्नेतले भने– ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो । सरकार र गृहमन्त्री हाम्रै छ ।दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौं ।’
उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए । उनले नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण