एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो भन्ने भुल्नु हुँदैन : सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले सभापति देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उनीहरूलाई पनि अवसर दिन सुझाव दिएका हुन् ।
‘सभापतिजीले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उहाँहरूलाई अवसर दिनुपर्छ’, सिटौलाको भनाई उधृत गर्दै एक नेताले रातोपाटीलाई बताए ।
साथै उनले एमाले चुनावमा मुख्य प्रतिस्पर्धी पार्टी रहेपनि अहिले एमालेसँग गठबन्धन भएकाले गठबन्धन जोगाएर सरकारलाई निरन्तरता दिनुपर्ने बताए ।
‘चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले नै हो । अहिले एमालेसँग गठबन्धन छ । सरकार पनि अघि लानुपर्ने अवस्था छ, गठबन्धन जोगाउनु पनि छ’, सिटौलाले भने, ‘तर, गठबन्धन जोगाउने भन्दै गर्दा ग्राउन्ड पनि जोगाउनु पर्छ । एमाले मुख्य प्रतिस्पर्धी हो भन्ने हामीले भुल्न हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण