पोखरामा स्कुटर ठोकिँदा युवकको मृत्यु, दोहोरी साँझ बन्द
शुक्रबार, ०७ भदौ २०८१, १९ : २१
पोखरा । पोखरा सिर्जनाचोकमा रहेको आकासे पुलमा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार ग२१प ५४५० नम्बरको स्कुटर ठोकिँदा पर्वतका सुशान गुरुङको मृत्यु भएको हो ।
उनी पोखराकै धौलागिरी दोहोरी साँझमा म्यानेजर थिए । दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि नजिकै रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत घोषणा गरिएको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।
उनको मृत्यु भएपछि पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले शोक मनाएको छ । आज पोखराका सबै दोहोरी साँझ बन्द गर्न आग्रह गरेको सचिव दिलु लामा मोक्तानले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण