कांग्रेस एक्लै चुनावमा जानुपर्छ : जीवन परियार
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै परियारले कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा र निर्णय गरेर कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आगामी निर्वाचनमा एमाले एक्लै लड्ने भनिसक्यो । कांग्रेस एक्लै निर्वाचन जान्छु भन्न किन नसक्ने ? कांग्रेसले पनि एक्लै चुनाव लड्ने घोषणा र निर्णय गरेर कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्छ ।’
उनले विधान बमोजिम पार्टीको आगामी महाधिवेशन गर्न समेत प्रस्ताव गरे । ८४ को चुनावलाई असर नगर्ने गरी पार्टी महाधिवेशन गर्नुपर्ने सुझाव उनले दिए ।
परियारले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका खगेन्द्र सुनुवारको मुद्दाको विषयमा वार्ता गराउन सरकारलाई दबाब दिनुपर्नेमा समेत जोड दिए ।
उनले टीआरसी विधेयक दुवै सदनबाट पारित भएको बताउँदै द्वन्द्वमा कांग्रेस कार्यकर्ताहरु पनि मारिएकाले एउटा समिति बनाएर तथ्यांक निकाल्न र उनीहरुको उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण