काभा भलिबलमा सहभागी खेलाडी सम्मानित
काठमाडौँ । नेपाल भलिबल संघ (एनभीए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
काठमाडौँमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो ।
माल्दिभ्समा सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम व्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो ।
यस्तै भुटानमा सम्पन्न काभा बीच भलिबलमा रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजार तथा सोही प्रतियोगितामा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजार नगदसहित सम्मान गरेको हो ।
यस्तै, काठमाडौँ सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरिएको छ । उक्त प्रतियोगिताका प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई ८२ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
काठमाडौँमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै च्याम्पियन बन्न असफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण