अन्तिम समयमा गोल खाँदा युनाइटेड स्तब्ध
शनिबार, ०८ भदौ २०८१, २० : १२
काठमाडौँ । जोआओ पेड्रोले ९५ औँ मिनेटमा गोल गर्दा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ । शनिबार भएको खेलमा युनाइटेड १–२ गोलले पराजित भएको हो ।
खेलमा अग्रता पनि घरेलु टोली ब्राइटनले लिएको थियो । ३२ औँ मिनेटमा ड्यानी वेलब्याकले पूर्व क्लबविरुद्ध गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा अमाद डियालोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । खेल सकिन १८ मिनेट बाँकी छँदा एलेहान्द्रो गानाचोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै टोलीलाई जित दिलाएको ठानेका थिए । तर, भीएआरले उक्त गोल अफसाइड भन्दै रद्द गरेको थियो ।
त्यसपछि खेल सकिन केही समय मात्र बाँकी छँदा पेड्रोले गोल गर्दै टोलीलाई नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम राख्न मद्दत गरे । दुई खेलपछि ब्राइटनको ६ अङ्क रहेको छ । युनाइटेडको भने दुई खेलबाट ३ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण