लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाउँछौँ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाइएको बताएका छन् । आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले प्रस्तुत गरेको कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको र सुझावहरू ग्रहणयोग्य रहेको बताए । उनले राहत वितरण कार्यविधिमा समस्या रहेको र ती समस्याका कारण सेवाग्राहीहरूले ठिक समयमा सेवा प्राप्त गर्न नसकेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले एकद्वार नीति बनाउनुपर्ने र संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माणको रकम उपलब्ध हुने व्यवस्था बनाउनुपर्ने सुझाव आएको बताए । सबै तहका सरकारले आफ्नो ठाउँमा काम गर्ने स्थितिको निर्माण गर्दै सबैले समन्वयात्मक रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको छ । जुन ग्रहणयोग्य छन् । कार्यविधिमा समस्या छ । जटिलताहरू छन् । जटिल प्रावधानहरू राखिएको हुनाले सेवाग्राहीहरूले ठिक समयमा सेवा प्राप्त गर्न सकेका छैनन् । पीडितहरु गोलचक्करमा घुमिरहेको अवस्था छ । एकद्वार नीति बनाउनु पर्छ । यसमा संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माण गर्नुपर्छ ।’
गृहमन्त्री लेखकले भूकम्पपीडितहरुको चुस्त, दुरुस्त विवरण संकलन गरी सोको आधारमा राहत एवं अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराइएको बताए । उनले भूकम्पबाट रुकुम पश्चिममा क्षति भई पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही परिवारको ३२ हजार ९ सय ९६ रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण