सौगातको ‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने
काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । निर्माण टोलीले आइतबार एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति जानकारी दिएको हो ।
पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ । जोन राईको निर्देशन रहेको फिल्ममा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको छ । फिल्मले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्छ ।
बिस्ट ब्रदर्स फिल्मस् प्रालिको निर्माणमा बनेको फिल्मको मुख्य भूमिकामा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बालकलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय छ ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको फिल्मको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका हुन् । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण