किसानको पैसा दसैँ अगाडि दिने मन्त्रालयको तयारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम दसैँअघि उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रालयमा आइतबार पत्रकारसँग भेटघाट क्रममा दुध र उखुको बाँकी रहेको रकम दसैँ अगावै किसानलाई उपलब्ध गराउने तयारी रहेको मन्त्री रामनाथ अधिकारीले बताए ।
‘उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ,’ उनले भने, ‘दसैँअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको छ ।’ उखु किसानले मन्त्रालयले १ अर्ब ३० करोड रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । मन्त्रालयले स्थानीय उत्पादन नलिने तर बाहिरबाट उखु र उखुजन्य कुरा खरिदलाई निरुत्साहित गर्ने गरी कार्य गर्ने जनाएको छ ।
यस्तै, दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन शुरु भएको छ । भाद्र ८ सम्म मसान्तसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ । बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानलाई उपलब्ध गराउने मन्त्री अधिकारीले बताए । उनले दुधको रकम भुक्तानी गर्ने दीर्घकालीन समाधान गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण