शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

शेखरलाई टिमका नेताको प्रश्न : कति कार्यकर्ता जोगाउनु भयो‚ टिम एकजुट छ कि छैन ?

आइतबार, ०९ भदौ २०८१, १९ : १४
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेसमा आइतबार इतर समूहको बैठक बसेको छ । बैठकमा उपस्थित समूहका नेताहरूले नेता शेखर कोइरालालाई टिम किन इन्ट्यांक छैन भन्दै प्रश्न गरेका छन् । 

बैठकमा सहभागी एक नेताका अनुसार नेता बलबहादुर केसीले कोइरालाहरूले कार्यकर्ता सेभ गर्छन् भन्ने छ तपाईंले कति कार्यकर्ता जोगाउनु भयो भन्दै प्रश्न गरेका थिए । उनले शशांक कोइराला र सुजता कोइराला तर्फ इंगित गर्दै कोइरालाहरू एक हुने हो कि होइन भनेर प्रश्न गरेका थिए । 

‘टिम इन्टाक छैन भनेर बाहिर आउन थाल्यो । टिम इन्टाक राख्नुपर्‍यो‚’ उनको भनाइ उधृत गर्दै एक सदस्यले भने‚‘कोइरालाहरूले मान्छै जसरी जोगाउँछ भन्थे कति जोगाउनुभयो । कोइराला–कोइराला मिल्ने कुरा के भइरहेको छ ।’

बैठकमा बोल्दै हृदयराम थानीले पनि टिम एकजुट छ कि छैन भन्दै प्रश्न उठाएका थिए ।  टिम एक छ भने आफूहरूले पनि राजनीतिक सेटलमेन्ट खोज्ने भनाई उनको थियो ।

‘महामन्त्री र शेखर दाइसँगै हो कि हैन बेलैमा कुरा भन्दिनु पर्‍यो । सँगै हो भने त्यही अनुसार गतिविधि होस् । नसके हामी गुट छोडेर आफ्नै राजनीति गर्छौं‚’ उनले बैठकमा भनेका थिए । 

यस्तै शरिता प्रसाईँले पनि सोही प्रश्न उठाएकी थिइन् । 

बैठकमा नेता अजबाबु शिवाकोटीले लिखित भाषण छाडेर अलि लामो अभिव्यक्ति दिन शेखरलाई सुझाव दिएका थिए । नेता प्रतिमा गौतमले २२ महिनासम्म नबसेको टिमको बैठक अहिले किन बसेको भन्दै प्रश्न गरेकी थिइन् । 

सबै कुरा सुनेपछि नेता कोइरालाले समय–समयमा बैठक बस्ने भन्दै व्यक्तिसँग वान टु वान गफ भइरहेको र अब निरन्तर समूहको छलफल हुने प्रतिबद्धता जाहेर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप