लुम्बिनी प्रदेश सरकारले पूरक बजेट ल्याउँदैन : मुख्यमन्त्री आचार्य
_rwpTtxz5U9.jpg)
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारेका छन् । चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रमको पूर्ण कार्यान्वयनको लागि सरकारले कार्यविधि र कार्य योजना निर्माण गरिसकेको जानकारी दिँदै उनले छुटेका योजनाहरूलाई अर्को आर्थिक वर्षमा समेट्न सकिने बताएका हुन ।
बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले योजना माग गर्दा प्रक्रियागत रूपमा आउन पनि आग्रह गरे । अघिल्लो सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले आचार्यले बजेट बनाएका थिए । उनले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पार्दे छुटेका योजनाहरूलाई अर्को वर्ष समेट्ने गरी तयारी गर्ने बताए ।
सो अवसरमा समग्र जिल्लाको सन्तुलित विकासका लागी प्रदेश सरकारले एकीकृत योजना निर्माण गरेर कार्यान्वयन चरणमा लैजान नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य लालबहादुर श्रेष्ठले बताए । समानुपातिक रूपमा बजेट निर्माण प्रक्रिया अपनाउन उनले आग्रह गरे । बर्दिया जिल्लामा भारतसँग जोडिएका नाकाहरूलाई व्यापारिक नाकाको रूपमा विकास गर्न माग राखिएको छ । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराईले गुलरिया नाका सुचारु गर्न माग राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त