गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
कञ्चनपुर । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् ।
परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन् ।
झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण