युक्रेनमा भएको मिसाइल आक्रमणमा बेलायती नागरिकको मृत्यु
कीएभ । रोयटर्स समाचार टोलीको एक सदस्यको रूपमा पूर्वी युक्रेनमा काम गरिरहेका एक बेलायती नागरिक शनिबार होटलमा भएको मिसाइल आक्रमणमा मारिएका छन् ।
सुरक्षा सल्लाहकार रायन इभान्स क्रामाटोर्स्क सहरको होटल सफायरमा बसेका छ जना रोयटर्स कर्मचारीहरू मध्ये एक थिए । यो सहर युक्रेनी नियन्त्रणमा छ तर फ्रन्टलाइनको नजिक छ ।
युक्रेनी अधिकारीहरूले होटलमा रुसी मिसाइल प्रहार भएको बताएका छन्। रुसले यसबारे टिप्पणी गरेको छैन।
आक्रमणमा घाइते भएका टोलीका अन्य दुई सदस्यहरू अस्पतालमा भर्ना भएका छन् । ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
युक्रेनको राष्ट्रिय पुलिसले १९ घण्टाको खोजी पछि आइतबार होटलको भग्नावशेषबाट ४० वर्षीय बेलायती व्यक्तिको शव फेला परेको जानकारी दिएको थियो।
टेलिग्राममा लेख्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिएका व्यक्तिको ‘परिवार र साथीहरूलाई’ आफ्नो समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण