यस्तो छ ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’
काठमाडौँ । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सङ्गीतकार राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत छ । गीतमा मेलिना राई र सङ्गीतकार सिवाकोटीले नै स्वर दिएका छन् ।
गीतमा फिल्मका मुख्य कलाकार सीताका घिमिरे, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतम समेत देखिएका छन् । गीतको कोरियोग्राफी सुजैन खड्का र मनोज खड्काले गरेका हुन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा सीता घिमिरे, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । यी सबै कलाकारले यसै फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा प्रवीन खड्काको छायाङ्कन र रोमी तन्डुकारको सम्पादन छ । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण