यस्तो छ ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’

काठमाडौँ । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सङ्गीतकार राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत छ । गीतमा मेलिना राई र सङ्गीतकार सिवाकोटीले नै स्वर दिएका छन् ।
गीतमा फिल्मका मुख्य कलाकार सीताका घिमिरे, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतम समेत देखिएका छन् । गीतको कोरियोग्राफी सुजैन खड्का र मनोज खड्काले गरेका हुन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा सीता घिमिरे, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । यी सबै कलाकारले यसै फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा प्रवीन खड्काको छायाङ्कन र रोमी तन्डुकारको सम्पादन छ । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा
-
त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण
-
१० बजे १० समाचार : फेरियो राजावादीको रणनीति, बन्धक बन्यो प्रतिनिधिसभा
-
जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने