सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षले पाउनुपर्छ : माओवादी केन्द्र
मङ्गलबार, ११ भदौ २०८१, १५ : ५५
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद रामकुमार राईले संसद्को नियमावलीमा समेत व्यवस्था गरिएकाले सो समितिको नेतृत्व तत्काल प्रतिपक्ष दललाई उपलब्ध गराउन सरकारलाई दबाब दिएका हुन् ।
उनले भने, ‘यो सरकार गठन भएको झन्डै २ महिना पुग्न लाग्यो । सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिने हिजैदेखि चलन छ । नियमावलीमा त्यो व्यवस्था छ । तर यो सरकारले प्रतिपक्षलाई कहिले सार्वजनिक लेखा समिति दिन्छ ? मेरो प्रश्न छ । भ्रष्टाचारको सूचना दिने हदम्याद ५ वर्षको राख्न खोजिएको छ । यो भ्रष्टाचारीहरूलाई लुकाउने काम मात्रै भएको छ । यसमा म घोर आपत्ति व्यक्त गर्न चाहन्छु । भ्रष्टहरूलाई सरकारले कहिलेदेखि कारबाही गर्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण