एमसीसीअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयभित्रै बनाउनुपर्छ : सांसद कार्की
काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्व ऊर्जामन्त्रीहरूसँगको छलफलका क्रममा कार्कीले एमससी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयमा बनाउन सके विद्युत् विकास र निर्यातका निमित्त हामीलाई कोशेढुंगा हुने उल्लेख गरेका हुन् ।
उनले भने, ‘एमसीसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयमा बनाउन सके विद्युत् विकास र निर्यातका निमित्त हामीलाई कोशेढुंगा हुनसक्छ । त्यसतर्फ पनि यो सम्बन्धित मन्त्रालय र यसको नेतृत्व गरिरहनुभएका मन्त्रीज्यूलाई समयमा सम्पन्न गर्नका निमित्त ध्यान दिन आग्रह गर्दछु । अहिले हाम्रो विद्युत् खपत व्यक्तिगत हिसाबले पनि तीन दोब्बर भएको छ । यो पनि सकारात्मक कुरा हो । विद्युत्को विकास नभईकन मुलुकको विकास हुन सक्दैन । त्यसको परिभाषा गर्नुपर्ने जरुरी छैन । विद्युत् उत्पादनलाई हामीले प्राथमिकतामा राख्नुपर्छ । यसका निमित्त ट्रान्समिसन लाइनको जरुरी छ, त्यसअनुसारको ट्रान्समिसन लाइनको योजना हुनुपर्छ । पुँजी र प्रविधिको धेरै ठुलो आवश्यकता जलविद्युतमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण