एमसीसीअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयभित्रै बनाउनुपर्छ : सांसद कार्की

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्व ऊर्जामन्त्रीहरूसँगको छलफलका क्रममा कार्कीले एमससी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयमा बनाउन सके विद्युत् विकास र निर्यातका निमित्त हामीलाई कोशेढुंगा हुने उल्लेख गरेका हुन् ।
उनले भने, ‘एमसीसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयमा बनाउन सके विद्युत् विकास र निर्यातका निमित्त हामीलाई कोशेढुंगा हुनसक्छ । त्यसतर्फ पनि यो सम्बन्धित मन्त्रालय र यसको नेतृत्व गरिरहनुभएका मन्त्रीज्यूलाई समयमा सम्पन्न गर्नका निमित्त ध्यान दिन आग्रह गर्दछु । अहिले हाम्रो विद्युत् खपत व्यक्तिगत हिसाबले पनि तीन दोब्बर भएको छ । यो पनि सकारात्मक कुरा हो । विद्युत्को विकास नभईकन मुलुकको विकास हुन सक्दैन । त्यसको परिभाषा गर्नुपर्ने जरुरी छैन । विद्युत् उत्पादनलाई हामीले प्राथमिकतामा राख्नुपर्छ । यसका निमित्त ट्रान्समिसन लाइनको जरुरी छ, त्यसअनुसारको ट्रान्समिसन लाइनको योजना हुनुपर्छ । पुँजी र प्रविधिको धेरै ठुलो आवश्यकता जलविद्युतमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालेखाले भन्यो, ‘बैङ्कहरूले राखेनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खुल्ने विवरण’
-
विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने दाबीसहितको रिट दर्ता भएन, बिहीबार निर्णय हुने
-
पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन
-
प्राधिकरणले विद्युत नियमन आयोगलाई बुझाएन सेवाशुल्क बापतको ९० करोड ९८ लाख
-
इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
-
इजरायलसँगको सम्बन्धबारे ट्रम्पले सिरियालाई गरे यस्तो अपील