नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो ।
यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पु¥याउने विश्वास गरिएको छ ।
ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई १९ मा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ ।
चाडपर्वको माहौललाई ध्यानमा राख्दै, नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण