इजरायली सेनाले वेस्ट बैंकमा गरेको कारबाहीमा ११ प्यालेस्टिनी मारिए
तेल अभिभ । इजरायली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा उसले गरेको सैन्य कारबाहीमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ । अल–फार शरणार्थी शिविरमा भएको हवाई हमलामा पाँच जनाको मृत्यु भएको र जेनिनमा भएको सशस्त्र झडपका साथै ड्रोन आक्रमणमा ६ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
जेनिन र तुलकार्ममा आतंकवादी गतिविधिहरूविरुद्ध आफूले ठूलो कारबाही गरिरहेको इजरायली सेनाले बताएको छ । यो इजरायली सेनाले चलाएको प्रमुख अपरेशन जस्तो देखिन्छ । प्यालेस्टाइन शहरहरू जेनिन, तुल्कार्म, नाब्लस र तुबासमा एकै साथ सेनाले बृहत स्तरमा कारबाही गरिरहेको छ ।
सन् २००० देखि सन् २००५ को बीचमा दोस्रो पटक प्यालेष्टिनी विद्रोह (इंतिफादा) पछि पहिलोपटक प्यालेस्टाइनका धेरै सहरमा एकैपटक यसरी आक्रमण भइरहेको बताइएको छ । सहरको शरणार्थी शिविरमा सशस्त्र लडाइँ चलिरहेको बेला जेनिनतर्फ जाने सबै बाटो बन्द गरिएको प्यालेस्टिनी रिपोर्टहरूले बताएका छन् । इजरायली सेना जेनिनस्थित अस्पतालमा घुसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण