पाँच पटक प्रधानमन्त्री पाउँदा पनि डडेलधुरा अस्पताल दुरावस्थामा : सांसद नेपाली
बुधबार, १२ भदौ २०८१, १४ : ०९
काठमाडौँ । डडेलधुराले पाँच पटक प्रधानमन्त्री पाउँदासमेत अस्पतालको अवस्थामा सुधार नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिव नेपालीले सदनमा विषय उठान गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले डडेलधुरा अस्पतालको दुरावस्थाबारे प्रश्न उठाउँदै सो विषय उठान गरेका हुन् ।
‘डडेलधुरा अस्पताल ०७७ जेड ८ मा १०० शय्यामा स्तरोन्नति गर्यो । १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । एक जना पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैन‚’ उनले भने ।
उनले इन्टर्नसहितका भरमा अस्पताल सञ्चालन भइरहेको बताए ।
‘पाँचसय बेड बनाउने निर्णय पनि भएको थियो । तर, पाँच–पाँच पटक प्रधानमन्त्री भएको जिल्लाको अस्पतालको अवस्था यस्तो छ, सुधार आउन सकेन‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण