पाँच पटक प्रधानमन्त्री पाउँदा पनि डडेलधुरा अस्पताल दुरावस्थामा : सांसद नेपाली
बुधबार, १२ भदौ २०८१, १४ : ०९

काठमाडौँ । डडेलधुराले पाँच पटक प्रधानमन्त्री पाउँदासमेत अस्पतालको अवस्थामा सुधार नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिव नेपालीले सदनमा विषय उठान गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले डडेलधुरा अस्पतालको दुरावस्थाबारे प्रश्न उठाउँदै सो विषय उठान गरेका हुन् ।
‘डडेलधुरा अस्पताल ०७७ जेड ८ मा १०० शय्यामा स्तरोन्नति गर्यो । १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । एक जना पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैन‚’ उनले भने ।
उनले इन्टर्नसहितका भरमा अस्पताल सञ्चालन भइरहेको बताए ।
‘पाँचसय बेड बनाउने निर्णय पनि भएको थियो । तर, पाँच–पाँच पटक प्रधानमन्त्री भएको जिल्लाको अस्पतालको अवस्था यस्तो छ, सुधार आउन सकेन‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?