बिचौलियालाई विधेयकको ड्राफ्ट गर्न दिने काम बन्द गरौँ : सांसद गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्मा भर्खरै दर्ता गरिएको विधेयकहरूको ड्राफ्ट मन्त्रालयले नभई बिचौलियामार्फत तयार पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
बुधबार संघीय संसद्अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद गौतमले सम्बन्धित मन्त्रालयले कानुन आयोगसँग छलफल गर्नुपर्ने भए पनि कन्सल्टेन्सी र बिचौलियामार्फत ड्राफ्ट तयार भइरहेको बताइन् ।
उनले भनिन्, ‘साउन ३२ गते विधेयकहरू संसद्मा दर्ता भएका छन् । ती विधेयकहरू बाहिर कतै ड्राफ्ट भएर आएको भन्ने कुरा आइसकेको छ । विधेयक बनाउने जिम्मेवारी त मन्त्रालयको हो । सम्बन्धित मन्त्रालयले कानुन आयोगसँग समन्वय गर्नुपर्ने हो । तर अस्ति जुन विधेयक संसद्मा छलफलको लागि आयो । त्यसको पीडिएफ डाउनलोड गरेर हेर्यौँ भने त्यसमा पायोनेट ल एसोसिएट्सले ड्राफ्ट गरेको कुरा प्रस्ट देखिन्छ । हाम्रा विधेयकहरू कहाँ दर्ता हुँदा रहेछन् भन्ने कुरा चाहिँ महत्त्वपूर्ण प्रश्न हो ।’
विधेयकका सम्बन्धमा बाहिर आएको कुराहरू गम्भीर विषय भएको उल्लेख गर्दै सांसद गौतमले विधेयकको मस्यौदा कानुन आयोगले गर्ने स्पष्ट पारिन् ।
‘यो गम्भीर विषय हो । मस्यौदा कानुन आयोगले नै गर्ने हो । यसको अन्तिम जिम्मेवारी मन्त्रालयले लिने हो । विधेयकको बाहिर ड्राफ्ट गर्ने बिचौलिया अथवा कन्सल्टेन्सीलाई दिने काम बन्द गर्नुपर्छ । विज्ञ चाहिन्छ । बरु मन्त्रालयले कानुन आयोगलाई समय निर्धारण गरिदिनुपर्छ । कति समयपछि ड्राफ्ट गरेर दिने हो भनेर,’ उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण