स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदको विवरण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालमा रिक्त रहेका पदको विवरण माग गरेको छ । लोक सेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि मन्त्रालयले विवरण माग गरेको हो ।
मन्त्रालयले सूचना प्रकाशित गरी नेपाल स्वास्थ्य सेवाको नवौँ र एघारौँ तहको विभिन्न समूह÷उपसमूह र पदहरूको विवरण माग गरेको छ ।
विवरण माग गरिएका अस्पतालहरुः
·स्वास्थ्य सेवा विभाग, टेकु
·आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु
· औषधि व्यवस्था विभाग, बिजुलीबजार
· पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
· चि.वि.रा.प्र., वीर अस्पताल, काठमाडौँ
· चि. वि. रा. प्र. राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ
· चि.वि.रा.प्र. वीर अस्पताल नर्सिङ्ग क्याम्पस, काठमाडौँ
· राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु
· राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु
· राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
· राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर
· राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, टेकु
· शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
· नारायणी अस्पताल, वीरगन्ज
· भरतपुर अस्पताल, चितवन
· मानसिक अस्पताल, ललितपुर
· भेरी अस्पताल, नेपालगन्ज
· कोशी अस्पताल, विराटनगर
· डडेलधुरा अस्पताल, डडेलधुरा
· आयुर्वेद चिकित्सालय, नरदेवी
· परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली
· कान्ति बाल अस्पताल, महाराजगन्ज
· किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा
· राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजार
· गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
· पशुपति होमियोप्याथिक चिकित्सालय, ललितपुर
· केन्द्रीय कारागार अस्पताल, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण