भक्तपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु
बिहीबार, १३ भदौ २०८१, १५ : १०
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय विष्णु वैद्य छन् ।
बुधवार साँझ आफ्नै घरको छतबाट लडेका वैद्यको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए । साढे ३ तला माथिबाट लडेपछि परिवारले उनलाई भक्तपुर अस्पतालमा लगेका हुन् । शव पोस्टमार्टमको लागी काठमाडौँ मेडिकल कलेजमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक अनुशासनविपरीत काम गर्नेलाई निर्मम कारबाही गरिन्छ : सशस्त्र प्रहरी
-
कृषि र साना कर्जाको धितो मूल्याङ्कन सहज, बाली भित्र्याउने समयअनुसार किस्ता तय गरिने
-
तीव्र रुसी आक्रमणपछि हवाई प्रतिरक्षा प्रणालीका लागि नेटो गुहार्दै जेलेन्स्की
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण