संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानमा संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गर्नुपर्ने बताएका छन् । पार्टीको काठमाडौँ–२ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले दुई दलीय व्यवस्था कायम गर्नुपर्छ भन्नेहरू प्रजातन्त्र विरोधी र निरंकुशताका पक्षधर भएको समेत उनले आरोप लगाए ।
समानुपातिक र समावेशी मान्यता कमजोर बनाउनु संविधानको भावना विपरीत भएको भन्दै थापाले सम्भावित सर्वसत्तावादको विरुद्ध आम नागरिक सचेत हुनुपर्ने समय आएको समेत टिप्पणी गरे । देश बचाउन र बनाउन राष्ट्रवादी शक्ति बलियो हुनुपर्ने भन्दै उनले पार्टीलाई स्थापित र निर्णायक शक्ति बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए ।
प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राजाराम बर्तौला, बिश्नुगोपाल श्रेष्ठ, उज्वल पोखरेल लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण