भारी वर्षाका कारण गुजरातमा घरका छतसम्म गोही
बिहीबार, १३ भदौ २०८१, १६ : ४४
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा भारी वर्षा र बाढीका कारण स्थिति बिग्रिएको छ । सेना र उद्धार टोली राहत कार्यमा जुटेका छन् ।
बिहीबार वायुसेनाको हेलिकप्टरको सहयोगमा द्वारकाको कल्याणपुरमा फसेका चार जनाको उद्धार गरेको थियो । बडोदराका तीन फरक ठाउँमा गोही देखिएका छन् ।
अकोटा क्षेत्रमा पानी भरिएपछि घरको छतमा गोही देखिएको समाचारमा उल्लेख छ । ।
फतेहगञ्ज क्षेत्र नजिकै कामनाथ नगरमा १५ फिट लामो गोही देखियो । यहाँ एउटा गोही कालोनीको एक घरमा छिरेको थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार बडोदराको महाराजा सयाजीराव विश्वविद्यालय क्याम्पसमा देखिएको गोहीलाई वन विभागको टोलीले उद्धार गरेको छ । यसअघि बिहीबार बिहान गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण