लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ, कांग्रेसमा किचलो
बुटवल । भदौ ४ गते विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिएअनुसार नेपाली कांग्रेसको भागमा परेको एक मन्त्रालय र सरकारलाई विश्वासको मत दिएका साना दलहरूलाई २ बटा मन्त्रालय दिने योजना अनुसार छलफल भएपनि अझैसम्म निष्कर्ष निस्कन नसकेको हो ।
विशेषगरी कांग्रेसले एक मन्त्रीको नाम टुङ्ग्याउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् । यस्तै जसपा (अशोक राई)पक्ष, लोसपा र नागरिक उन्मुक्ति पार्टीमध्येबाट सरकारमा सहभागी गराउने विषयमा छलफल चलेपनि अझैसम्म निर्णयमा पुग्न नसकिएको प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफल गरेका छौँ । तर कताकता के मिलिरहेको छैन ।’
हाल रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले सम्हाल्दै आएका छन् । रिक्त रहेका मन्त्रालयहरूमा आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छन् ।
सुरुमा साउन ९ गते नेपाली कांग्रेसबाट ५ जना मन्त्रीको शपथ ग्रहण गराउने तयारी थियो। तर, कांग्रेसबाट बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने र धनेन्द्र कार्की गरी चार जना मन्त्री भए। तर, त्यो बेला मन्त्री बन्ने लाइनमा रहेको जन्मजय तिम्सेनाको शपथ अन्तिम समयमा पार्टीको आन्तरिक किचलोले गर्दा रोकियो।
त्यसपछि असन्तुष्ट बन्दै उनले नेपाली कांग्रेसको प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन्। तर उनको राजीनामा हालसम्म स्वीकृत भएको छैन ।
यता साना दलका लागि २ वटा मन्त्रालय छुट्याए पनि सरकारलाई विश्वासको मत दिएकामध्ये ३ दल सरकारमा जान इच्छुक छन् । जसपा र नागरिक उन्मुक्तिबाहेक लोसपाले पनि सरकारमा जान इच्छा देखाउँदा निष्कर्ष निस्कन नसकेको मन्त्री पन्थीले बताए ।
कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले कांग्रेसले थप एक जना मन्त्रीको नाम छिट्टै दिने बताए। कुन मन्त्रालय पार्टीले पाउँछ यही अनुसारको योग्य सांसदलाई मन्त्री बन्नको सिफारिस गर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले नियुक्त हुँदा काँग्रेस र एमालेका गरी ५६ जनाले हस्ताक्षर बुझाएका थिए भने भदौ ४ गते कांग्रेस एमाले सहित जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी, स्वतन्त्र सांसद खड्क बस्नेतसमेत गरी ७० जनाले विश्वासको मत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण