‘न्यूयोर्क कटोअर फेसन विक–२०२४’ मा नेपाली फेसन डिजाइनर स्मिता छनौट
काठमाडौँ । विश्व चर्चित फेसन सप्ताह ‘न्यूयोर्क कटोअर फेसन विक–२०२४’ मा नेपाली फेसन डिजाइनर स्मिता राई छनौट भएकी छन् । फेसन विक अमेरिकाको फेसन सिटीको रूपमा चिनिएको न्युयोर्क सहरमा आगामी सेप्टेम्बर १४ देखि एक साता चल्नेछ ।
कार्यक्रममा फेसन डिजाइनर स्मिताले तयार पारेका क्रियटिभ पहिरनमा हलिउडका चर्चित मोडलहरूले क्याटवाक गर्नेछन् । विख्यात फेसन डिजाइनर तथा मोडलहरूको प्रस्तुति रहने उक्त फेसन सप्ताहको ४० औँ संस्करण न्यूयोर्कस्थित एन्जल ओरेन्सान्ज फाउन्डेसन हलमा आयोजना हुँदैछ । हलिउडकै चर्चित फेसन शो मध्ये पर्ने उक्त फेसन सप्ताहमा छनोट हुने स्मिता एकमात्र नेपाली फेसन डिजाइनर हुन् ।
इटहरीकी स्मिताले नेपालको चर्चित फेसन इन्स्टिच्युट आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनबाट फेसन डिजाइनिङ कोर्ष गरेकी हुन् । आईआईएफटीबाट ग्राजुएट भएपछि फेसन डिजाइजिङमा सक्रिय रहेकी स्मिताले आईआईएफटी मार्फत नै नेपाललाई प्रतिनिधित्व गर्न लागेकी हुन् । उनी हाल अमेरिकामा रही आफ्ना सिर्जनाहरू तयार पर्दैछन् ।
न्यूयोर्क सहरमा ४० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘न्यूयोर्क कटोअर फेसन विक’ स्थापित र चर्चित फेसन सप्ताहमा आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर मिल्नु आफ्ना लागि गौरवको विषय भएको स्मिताले बताइन् ।
फेसन सप्ताहमा नेपालको राष्ट्रिय फूल लालीगुराँस र परम्परागत नेपाली ढाकाको फ्युजनमा पहिरन तयार उनले गर्नेछिन् । ‘मेरो डिजाइनहरू फेसनको बारेमा मात्र होइन, तिनीहरू म कहाँबाट आएको, मेरो संस्कृति, परम्परा तथा समकालीन शैलीबिचको सुन्दरलाई पनि उजागर गर्नेछु’ उनले भनिन् ।
आईआईएफटीका प्रबन्ध निर्देशक फुपू तेञ्जिङ्ग शेर्पाले यो फेसन विकमा हरेक वर्ष आईआईएफटीका ग्राजुएट विद्यार्थीहरूलाई सहभागिता गराउँदै आएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण