जब अपहरणकारीसँग दुई वर्षीय बालक छुट्टिन मानेनन्

काठमाडौँ । १४ महिनासम्म अपहरणकारीसँग बिताएका दुई वर्षीय बालक आफ्नो परिवारको साथ जानुपर्दा निकै रोए । ती बालकलाई अपहरकारीको साथ छाड्न मन थिए ।
घटना भारतको राजस्थान राज्यको जयपुरको हो । करिब १४ महिना अघि जयपुरको सांगानेरस्थित घरबाटै पृथ्वी नाम गरेका ११ वर्षीय बालक अपहृत भएका थिए । हालै जयपुर प्रहरीले अपहरकारीलाई अलीगढबाट नियन्त्रणमा लिएको हो ।
अपहरणकारीसँग रहेका बालकलाई प्रहरीले उद्धार गरेर प्रहरीको जिम्मा लगाउन खोज्दा बालक निकै रोइरहेको थियो । उसले अपहरणकारीसँग छुट्टिन नमानेर रोएको दृश्यले प्रहरीको पनि आँखा रसायो ।
प्रहरीले ती बालकलाई आमाको जिम्मा लगाए । तर फुत्केर ती बालक फेरि पनि अपहरणकारीकै साथ पुगेर रुन्थ्यो ।
१४ महिनासम्म बालकलाई आफूसँग राख्दा अपहरणकारीले ती बालकलाई कुनै प्रकारको हानि नगरेको, बरु खेल्नका लागि विभिन्न खेलौना, नयाँ कपडा किनेर ल्याउने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार तनुज नाम गरेका अपहरणकारीले ती बालक आफ्नो छोरा रहेको दाबी गर्दै आएका छन् । बालकलाई अपहरण गरेपछि पनि तनुजले बालककी आमासँग फोन सम्पर्क गरी आफूसँगै बस्न बारम्बार आग्रह गर्दै आएको बताइएको छ ।
प्रहरीले प्रेम प्रसङ्गको कोणबाट यो घटनालाई अनुसन्धान गरिरहेको बताइएको छ । तत्कालका लागि अपहरणकारी तनुजलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बालकलाई उसको परिवारको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?